यस्तो बन्दैछ त्रिवि मैदानमा प्यारापिट, (तस्बिरहरू)

सफल खबर संवाददाता

शनिबार, ३० चैत्र २०८१, ०८ : ३४
यस्तो बन्दैछ त्रिवि मैदानमा प्यारापिट, (तस्बिरहरू)

काठमाडौँ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम धमाधम भइरहेको छ । फाल्गुन २० गते शुभ साइत गरेर निर्माणको काम प्रारम्भ गरिएको थियो ।

बीकेओआई-केसीडिसी-बीजी जेभीले मैदानको प्यारापिट बढाउने गरी ४३ करोड ७७ लाख ३० हजार ११३.०३ मा ठेक्का पाएको थियो । उक्त जेभीले साइत हेरेर पूजा गरी प्यारापिट बढाउने कार्यको सुरुवात गरेको हो । 

सहरी विकास मन्त्रालयले २०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडान कार्य सम्पन्न गर्ने बताएको छ । कम्पनीले समयमा काम सम्पन्न गर्न ३ सिफ्टमा काम भइरहेको बताएको छ । 

tu cricket groudn parapit construction (3)

केही समयअघि उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह र खेलकुद मन्त्री तेजुलाल चौधरीले कीर्तिपुरमा निर्माणाधीन प्यारापिटको अवलोकन गरेका छन्।

tu cricket groudn parapit construction (5)tu cricket groudn parapit construction (6)tu cricket groudn parapit construction (7)tu cricket groudn parapit construction (8)tu cricket groudn parapit construction (9)

प्रतिक्रिया दिनुहोस