काठमाडौँ । सशस्त्र प्रहरीले काठमाडौँको सतुंगलबाट लागुऔषधसहित बुधबार तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरूमा मोरङको मिक्लाजुङ्ग–८ घर भई काठमाडौँ बस्ने वर्ष ४५ का अमर बहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ बस्ने वर्ष ३० का सन्दीप सिंह र काठमाडौँ महानगरपालिका–८ बस्ने वर्ष ३३ का आसिक सिंह छन् ।
बाराको सिम्रौनगढ, कलैया, वीरगन्ज हुँदै काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार उनीहरूलाई विशेष सूचना आधारमा सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको टोलीले उक्त लागुऔषधसहित नियन्त्रणमा लिएको हो । सो लागुऔषधमा डाईजोपाम, नोफिन र फेनारगन रहेका छन् ।
नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद लागुऔषधसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ चैत्र २०८१, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पश्चिममा ७५ रोपनीमा लगाइएको अफिमखेती नष्ट
लागुऔषधसहित ४ जना पक्राउ
लागुऔषधको कारोबार गरेकाे आराेपमा युवती र किशोर पक्राउ
गोली हानेर १ जना लागुऔषध कारोबारी पक्राउ, अर्का फरार
अवैध लागुऔषधसहित तीन जना पक्राउ
बाँकेमा लागुऔषध प्रयोगकर्ता र कारोबारी बढेः चुनौतीपूर्ण बन्दै न्यूनीकरण