काठमाडौँ । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकामा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ ।
नेविसङ्घले भारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको भन्दै विरोध गरेको हो । नेविसङ्घले आज त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ ।
कार्यक्रममा नेविसङ्घका नेता दिपक भट्टराईले भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने बताउनुभयो ।
नेविसङ्घ त्रिचन्द्र क्याम्पसका नेता सान शिवाकोटीले भारत सरकारले नेपाली भूमिमाथि अतिक्रमण गरेर नेपाल–भारत सम्बन्धलाई बिथोल्न खोजेको आरोप लगाउनुभयो ।
विद्यार्थीले नेपाललाई पानीजहाज र रेलभन्दा पनि लिपुलेक र कालापानी आवश्यक रहेको बताएका थिए । कार्यक्रममा नेविसङ्घका निवर्तमान सहमहामन्त्री ललिता सुनुवार, निवर्तमान केन्द्रीय सदस्य कल्पना खड्कालगायत त्रिचन्द्रका विद्यार्थीको सहभागिता थियो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने
सीमामा गरिब जनतालाई अनावश्यक दुख नदिन सशस्त्र प्रहरीको ध्यानाकर्षण