काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २२ महिना अगाडि नियुक्तिको सिफारिस गरेका सात वटा प्रदेश प्रमुखलाई केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेकी छिन् ।
पुराना प्रदेश प्रमुख पदमुक्त भएसँगै नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिसको तयारीमा सरकार छ । त्यसका लागि हिजो बेलुकी नै मन्त्रिपरिषद बैठक बोलाइए पनि पार्टीभित्र छलफल पर्याप्त नभएको भन्दै आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ । यो बैठकवाट सात वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि निर्णय गराएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने तयारीमा सरकार छ ।
पुराना प्रदेश प्रमुख पदमुक्त भएपछि नयाँ नियुक्तिका सिफारिसका लागि नेकपाभित्रै तीन थरी नाम अगाडि आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसम्मले पनि आफ्नो सूची पठाएको चर्चा नेकपाभित्र छ । अहिले चर्चामा सोमनाथ अधिकारी, तिलक परियार, अमिक शेरचन, महेन्द्र पाण्डे, केशव बढाल, अमृत वोहोरा, सर्मिला त्रिपाठी, खेमराज भट्ट मायालु, धर्मनाथ यादवलगायत नाम चर्चामा छ ।
कतिपयलाई पार्टीले प्रदेश प्रमुख नियुक्त गर्न खोजे पनि सम्बन्धित व्यक्तिले पार्टी राजनीतिमै आफूलाई सक्रिय बनाउन चाहिरहेका छन् । नेकपा सचिवालयले आज सहमति जुटाउन सके आजै क्याबिनेटले नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति भण्डारी समक्ष सिफारिस गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ कार्तिक २०७६, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका प्रदेश प्रमुखले फिर्ता गरे दुई विधेयक
बागमती प्रदेश प्रमुख देवकोटाद्वारा पदभार ग्रहण
तीन प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस
सरकारले गर्यो तीन प्रदेश प्रमुख हेरफेर