भविष्य खोज्दै विद्यार्थी

रासस

शुक्रबार, १० साउन २०७६, २१ : १२
भविष्य खोज्दै विद्यार्थी

फाईल फोटो

काठमाडौं । सुरक्षित भविष्यका लागि युवाले उचित अवसरको पहिचान गर्नुपर्छ । आफ्नो क्षमता र रुचि अनुसारको अवसर खोजिएन भने सफलता प्राप्त गर्न सकिँदैन । आज राजधानीमा ओजित एक कार्यक्रममा वक्ताहरुले पनि विद्यार्थीको क्षमता र रुचि अनुसारको अवसर प्राप्त गर्न नसके भविष्यमा प्रगति गर्न नसकिने बताएका छन् । 

प्लाटोनिक एजुकेशन सर्भिसद्वारा राजधानीमा आयोजित ‘करिअर टक’ मा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले व्यवस्थापन सङ्कायका विभिन्न क्षेत्रको जानकारी दिँदैै आत्मविश्वास र मेहेनत गरेमा उद्देश्य प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ व्यवस्थापक सुनिल शर्माले पर्यटनमा भविष्य खोज्न चाहने युवाका लागि प्रशस्त अवसर रहेको बताउनुभयो । उहाँले नेपालको सकारात्मक पक्षलाई आत्मसात् गरी सामाजिक सञ्जालमा सक्रिय रहेर नेपाललाई विश्वसामु चिनाउन सम्पूर्ण युवाहरुलाई उत्प्रेरित गर्नुभयो ।

व्यवस्थापन सङ्काय पढेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा युवाको भविष्यसँग सम्बन्धित रहेर बैंक तथा वित्तीय संस्था, पर्यटन, सूचना तथा सञ्चार प्रविधिका विषयमा जानकारी गराइएको थियो । उक्त कार्यक्रममा ५०० भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो ।
 

प्रतिक्रिया दिनुहोस