‘पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न माग’

रासस

शुक्रबार, १० साउन २०७६, २१ : ००
‘पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न माग’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न आग्रह गर्दै सरकारलाई मागपत्र बुझाएको छ । 

सो पार्टीका स्थायी समिति सदस्य आलोक रायमाझीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढामार्फत प्रधानमन्त्रीसमक्ष सो मागपत्र बुझाउनुभएको हो । 

संस्थापक महासचिव श्रेष्ठको वैज्ञानिक योगदानको उच्च मूल्याङ्कन गरी उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै पत्र बुझाइएको उहाँले जानकारी दिनुभयो ।
 

प्रतिक्रिया दिनुहोस