जापानको एनिमेसन स्टुडियोमा आगजनी हुँदा ४० जना घाइते

एजेन्सी

विहीबार, ०२ साउन २०७६, १३ : १३
जापानको एनिमेसन स्टुडियोमा आगजनी हुँदा ४० जना घाइते

एजेन्सी । जापानको क्योटो शहरमा बिहीवार बिहान एनिमेसन स्टुडियोमा एक अज्ञात व्यक्तिले आगजनी गरेका छन् । दुर्घटनामा ४० जना घाइते भएका छन् । 

एक व्यक्तिले स्टुडियोमा पसेर तरल पदार्थ छरेर आगो लगाएको बुझिएको छ । भवनमा लागेको आगो निभाउन अग्निनियन्त्रकहरूलाई मुश्किल परेको थियो । 

द जापान टाइम्सका अनुसार, यस घटनामा धेरैजनालाई गम्भीर चोटपटक लागेको छ । स्थानीय मिडियाका अनुसार, बिहान साढे १० मा यो घटना भएको थियो । आगो लगाउने व्यक्ति समेत घाइते भएको छ र उसलाई अस्पतालमा भर्ना गरिएको छ । 

प्रत्यक्षदर्शीहरूले भवनभित्र लगातार विस्फोटको आवाज सुनेका थिए । अनि बाक्लो धूवाँ पनि निस्केको उनीहरूले देखेका थिए । मानिसहरूलाई कम्बलले छोपेर बाहिर ल्याइएको थियो ।

क्योटो एनिमेसन कम्पनी तीनतल्ले भवनमा छ । जापानका बनेका ठूला एनिमेसन फिल्महरू यसै स्टुडियोमा तयार पारिएका हुन् ।

प्रतिक्रिया दिनुहोस