तपाईंलाई छिमेकी देश चीनबारे यी १३ कुरा थाहा नहुन पनि सक्छ

एजेन्सी

बुधबार, ०१ साउन २०७६, १९ : १९
तपाईंलाई छिमेकी देश चीनबारे यी १३ कुरा थाहा नहुन पनि सक्छ

१. अमेरिकाले सय वर्षमा जति सिमेन्टको प्रयोग गरेको थियो, चीनले त्यो भन्दा पनि धेरै सिमेन्ट सन् २०११ देखि २०१३ को बीचमा प्रयोग गरेको थियो । चीनले यी तीन वर्षभित्र ६,६१५ मिलियन टन सिमेन्टको प्रयोग पूर्वाधार विकासमा लगाएको थियो ।

२. २००० ईसा पूर्वको आसपास आईस्क्रिम खोज सबैभन्दा पहिले चीनमै भएको थियो । पहिलो आइस्क्रिम दूध र चामल मिसाएर बनाइएको थियो ।

३. नेपाल भन्दा ६७ गुणा ठुलो भए पनि चीन एउटै मात्र टाइम जोनमा रहेको देश हो ।

४. चीनमा बढ्दो वायु प्रदुषणका कारण त्यहाँ शुद्ध हावाको क्यान बेच्न थालिएको छ। शुद्ध हवा पाँचयुआन प्रति क्यान बेच्ने गरिएको छ। शुद्ध हावा तीन प्रकारका छन् । १० ‘तिब्बतको असली हावा’, २ क्रान्तिकारी याहयान र, ३० पोस्ट-इन्डस्ट्रियल ताइवान ।

५. हामीले चाउमिन या अन्य परिकारसँग खाने ससको प्रयोग पनि चीनबाटै सुरू भएको थियो । त्यसैगरी मसालेदार माछाको सस पनि यहीँको उत्पादन हो ।

६. फुटबल खेलका लागि चीनलाई नै श्रेय दिइन्छ। फिफाका आठौँ अध्यक्ष सेप ब्लाटरले पनि फुटबलको सुरूवातका लागि चीनलाई नै श्रेय दिएका थिए । विज्ञहरूका अनुसार चीनमा फुटबलको खोज दोस्रो र तेस्रो शताब्दीमा भएको थियो ।

७. चीन आधिकारिक रूपमा नास्तिक देश हो । तर यहाँ इटलीको जनसंख्या भन्दा धेरै ईसाई धर्मावलम्बी छन् । चीनमा ईसाई धर्म मान्ने करिब ५ करोड ४० लाख मानिस रहेका छन् । जबकि इटलीमा ४ करोड ७० लाख मानिसको बसोबास छ । यही गतिमा जाने हो भने चाँडै नै चीन विश्वकै सबैभन्दा ठुलो ईसाई देश बन्न सक्नेछ ।

८. चिनिया कुकुरको पनि मासु खान्छन् । तर, केही वर्षयता यसमा व्यापक कमी आएको छ । अब चिनियाले कुकुर बिरालोलाई घरपालुवा जनवार बनाएर राख्न थालेका छन् । यहाँ मानिसको मन पर्ने मासु सर्पको पनि हो ।

९. चीनमा हरेक दिन औसत १७ लाख सुँगुर काटिन्छन् । चीनमा सुँगुरको मासु सबैभन्दा धेरै मन पराइन्छ । तर, थोर कमाई हुनेका लागि भने सुँगुरको मासु किन्न सजिलो भने छैन ।

१०. हङकङका चिनियाहरू एक एक दिन छुट्टी लिएर आफ्ना पूवर्जको चिहानको सफाई गर्न जाने गरेका छन् ।

११. परम्परागतरूपमा चीनका महिला रातो रंगको लुगमा बिहे गर्छन् । रातो रंगलाई चीनमा भाग्यमानी रंग भनिन्छ । जबकि सेतो रंगलाई यहाँ मृत्युको प्रतीकका रूपमा लिइन्छ ।

१२. विश्वमा रहेका हरेक पाँचजना मानिसमा एकजना चिनियाँ रहेका छन् ।

१३. सन् १९७८ मा चिनिया कम्युनिस्ट पार्टीले पूँजीवादी बजार सिद्धान्त पेश गरेको थियो । जब १९८० को दशकमा चीनले जब आफ्नो बजार खोल्यो, तबदेखि चीन विश्वको सबैभन्दा ठुलो उत्पादक बनेको छ । चीनको अर्थव्यवस्था पछिल्लो तीन दशकबाट औसत १० प्रतिशतका दरले बढ्यो । यस्तो सन् २०१० मा रह्यो ।

प्रतिक्रिया दिनुहोस