एजेन्सी । भारतको छत्तिसगढको अम्बिकापुरमा गार्बेज क्याफे योजना सुरु भएको छ । नगर निगमले शहरका गरिब र घरबारबहिनीलाई प्लाष्टिकको बदलामा खाना प्रदान गर्नेछ । अभियानका अनुसार सडकमा छरिएका एक किलो प्लाष्टिक क्यारी ब्याग ल्याउँदा निःशुल्क भोजन र आधा किलो प्लास्टिक क्यारी ब्याग ल्याउन पेटभरी नास्ता दिइनेछ । शहरको प्रतिक्षा बस स्ट्यान्डबाट यसको सञ्चालन गरिनेछ ।
सोमबार पेश भएको नगर निगम बजेटमा यो योजनाका लागि साढे पाँच लाख भारुको प्रावधान गरिएको छ । जबकी आवश्यकता पर्दा जनप्रतिनिधीबाट पनि मद्दत लिइनेछ ।
घरबार बिहिनीलाई खाना र बस्ने प्रबन्ध मिलाइनेछः
अभियान अनुसार नगर निगम शहरको गरिब र बेघर व्यक्तिलाई निःशुल्क खाना दिइनेछ । यतिमात्र होइन, यस्ता व्यक्तिका लागि खानाका साथै बस्ने व्यवस्था पनि मिलाइनेछ । यो योजनालाई स्वच्छता अभियानसँग जोडिँदै छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ३१ असार २०७६, १६ : ११
लेखकबाट थप