इन्डोनेसियामा बिहानै ६.० म्याग्नीच्यूडको भूकम्प

एजेन्सी

मंगलबार, ३१ असार २०७६, १४ : १५
इन्डोनेसियामा बिहानै ६.० म्याग्नीच्यूडको भूकम्प

जकार्ता । इन्डोनेसियाको बालीमा मंगलबार बिहानै ६.० म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ ।
इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान ७ बजेर १८ मिनेटमा भूकम्प गएको थियो । तर सुनामीको चेतावनी दिइएको छैन ।
इन्डोनेसियाली भूगर्भ केन्द्रका वाहु कुर्नियावानले भूकम्पले सुनामी निम्त्याउने सम्भावना नदेखिएकाले सुनामीको चेतावनी नदिइएको सिन्ह्वा समाचार समितिलाई बताउनुभयो ।
भूकम्पले नुसा डुआमा सामान्य क्षति पु¥याएको छ । बालीस्थित विपद् व्यवस्थापन निकायका सूचना प्रमुख न्योमान सन्जयले भूकम्प आउनासाथ पर्यटकहरुमा भागदौड मच्चिएको बताउनुभयो । 
इन्डोनेसियामा बारम्बार भूकम्प आउने र बर्सेनि जनधनको ठूलो क्षति हुने गरेको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस