मुम्बईमा चार तले भवन भत्किँदा पचास जना फसेको आशङ्का

एजेन्सी

मंगलबार, ३१ असार २०७६, १४ : ०७
मुम्बईमा चार तले भवन भत्किँदा पचास जना फसेको आशङ्का

मुम्बई । भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको छ ।  स्थानीय अधिकारीहरुले उक्त जानकारी दिएका छन् । 
प्रहरी, उद्धारकर्ता र स्थानीयको सहयोगमा उद्धारकार्य जारी रहेको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छै्न् ।(रासस/सिन्हवा)

प्रतिक्रिया दिनुहोस