भरतपुर कारागारमा क्यान्सर पीडित कैदीको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०८ असार २०७६, ११ : ०३
भरतपुर कारागारमा क्यान्सर पीडित कैदीको मृत्यु

चितवन । जिल्ला कारागार भरतपुरमा रहेका एक कैदीको मृत्यु भएको छ । बाराको कलैया नगरपालिका–५ का ५८ वर्षीय भरत बहादुर थापाको शनिवार राति ८ बजे मृत्यु भएको कारागार कार्यालयका लेखापाल कृष्ण काप्mलेले जानकारी दिए । 
काप्mलेका अनुसार थापा क्यान्सरका बिरामि थिए । उनलाई क्यान्सरको संक्रमण देखिएपछि गएको जेठ ६ गत्ते विरगञ्ज कारागारबाट भरतपुर कारागार कार्यालयमा ल्याईएको थियो ।  

थापा २०७४ सालमा जवरजस्ती करणीको अभियोगमा पक्राउ परेका थिए । मृतक थापाको शव पोसमार्टमका लागि भरतपुर अस्पतालमा लगिएको काप्mलेले बताए । यसअघि गएको जेठ ३ गत्ते पनि कैद भुक्तान गरीरहेका सरिता थिङको क्यानसरकै कारण मृत्यु भएको थियो । 

भरतपुर कारागारमा ९ जना क्यान्सर संक्रमित
कारागारले दिएको जानकारी अनुसार भरतपुर कारागार कार्यालयमा अहिले ९ जना क्यान्सरका संक्रमित रहेका छन । जसमध्ये एक जना महिला पनि रहेका छन । उनिहरु विभिन्न स्थानका कारागारबाट उपचारका लागी भरतपुर कारागार आईपुगेका कारागार प्रशासनले जनाएको छ । 

क्यान्सर संक्रमित कैदिहरुले भरतपुरमा रहेको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट उपचार गराईरहेका छन । क्यान्सर संक्रमितलाई उपचारका लागी अन्य स्थानमा समस्या हुनेगरेका कारण भरतपुर कारागार पठाउने गरेका छन । 
 

प्रतिक्रिया दिनुहोस