आठ वर्षीय बालकको अपहरणपछि हत्या

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, ११ : ३०
आठ वर्षीय बालकको अपहरणपछि हत्या

पर्सा । पर्सामा आठ वर्षीय बालक करण साहको हत्या भएको छ । गत १० गते शुक्रबार बिहानको १० बजे वीरगंजबाट अपहरणमा परेका बालकको शव कलैया उपमहानगरपालिका–२५ मा रहेको खोलाको किनारमा हत्या गरिएको अवस्थामा भेटिएको हो । 
उनको हत्यामा संलग्न रहेकाहरुमध्ये एक भारतीयसहित दुईजनामाथी प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । अन्य एकजनालाई भने गोली लागेको छैन । उनीहरु तीनैजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रहरीको गोली लागेर भारत विहारका विकाश शर्मा र बारा कलैयाका सिकेन्द्र साह घाइते भएका छन । कलैयाकै रामविनेश शर्मा पनि पक्राउ परेका छन । प्रदेश प्रहरी कार्यालय जनकपुर, पर्सा प्रहरी र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरेको हो ा  चार राउण्ड फायर गरेको र दुईजनालाई एक–एक गोली लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईले जानकारी दिएका छन् । 

उनीहरुले करणको परिवारसँग सुरुमा ३० लाख फिरौती रकम मागेको र अन्त्यमा पाँच लाख दिने सहमति भएको भएपनि उनीहरुले शुक्रबार राति नै बालकको हत्या गरेको प्रारम्भीक अनुसन्धाबाट खुलेको छ ।  अपहरणकारीहरुले बालक हत्या गर्नु अगाडि नै बच्चाको बोली रेकर्ड गरेर हत्या गरेको र त्यसपछि अडियो सुनाएर फिरौती मागेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
 

प्रतिक्रिया दिनुहोस