वीरगन्जबाट आजपाका नेताहरू पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०३ असोज २०८१, १५ : ४४
वीरगन्जबाट आजपाका नेताहरू पक्राउ

काठमाडौँ । आम जनता पार्टी (आजपा) ले संविधान खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेपछि वीरगन्जबाट सो पार्टीका नेता कार्यकर्ता पक्राउ परेका छन् । आजपाले वर्तमान संविधान खारेजीको माग गर्दै बिहीबार वीरगन्जमा अन्त्येष्टि यात्रा निकालेको थियो ।

सोही क्रममा प्रहरीले आजपा केन्द्रीय कमिटीका सचिव बाबुराम कौशिक मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहा, आजपा नेताहरू श्रीभगवान पटेल, लालबाबु मन्सुरी, किरण यादव, सुनिल साह , राकेश बैठा, सन्देश साह, सन्ध्या पासवान लगायतका नेताहरूलाई पक्राउ गरेको सो पार्टीले जनाएको छ ।

आजपा केन्द्रीय सदस्य एवम् मधेस प्रदेशका प्रवक्ता डा.हेमप्रसाद साहले प्रहरीको धरपकड एवम् हस्तक्षेपको भर्त्सना गर्दै पक्राउ परेका नेताहरूलाई यथाशीघ्र रिहा गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस