राज्य कमजोर हुँदा रमाउनेहरुबाट समृद्धि सम्भव छैन : उद्योगमन्त्री भण्डारी

सफल खबर संवाददाता

शुक्रबार, ०४ असोज २०८१, १२ : २७
राज्य कमजोर हुँदा रमाउनेहरुबाट समृद्धि सम्भव छैन : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन  । शुक्रवार ललितपुर उद्योग वाािण्ज्य संघको ४५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले सरकारको नीतिमा प्रश्न भए छलफल र बहस गरेर समाधान गर्न तयार रहेको बताए । उनले अहिले नेपालमा केही छैन र हुँदैन भन्ने भाष्य सिर्जना गरिरहेको भन्दै राज्यप्रति निराशा बाँड्न नहुने बताए ।

उनले सरकार मेरो हो भन्ने भाव राखेर काम नगरेसम्म देश नबन्ने दाबी गरे । उनले आर्थिक समृद्धिका लागि सफल हुनुपर्ने भन्दै राज्यलाई कमजोर देख्नेहरुबाट विकास सम्भव नरहेको बताए । सरकारलाई बेठिक देख्ने, राज्य कमजोर हुँदा रमाउने कुराले हाम्रो समृद्धिको यात्रा तय हुन नसक्ने बताए । तीन तहको सरकार बीचको सहकार्यबाट निजी क्षेत्रलाई प्रोत्साहित गर्न सरकारले काम गरिरहेको बताए ।

उनले भने, ‘अहिले एउटा भाष्य के निर्माण भएको छ भने हामीसँग सम्भावना पनि छन् । सिमित छन् । सम्भावना हुँदाहुँदै पनि अन्तै सम्भावना देखिरहेका छौँ । र एउटा ट्रेण्ड नै के भएको छ भने नेपालमा खासगरी युवा जमातमा एउटा निराशा व्याप्त रहने, त्यो निराशा प्रोत्साहित गर्न अनेक खालका लाञ्छना लगाउने, सरकार र राज्यप्रति निराशा पैदा गर्ने, सरकार केही होइन, केही गरेन, सरकारले गर्न चाहेको छैन भन्ने खालको भाष्य निर्माण गरेर आज एउटा निराशा व्याप्त गर्ने र त्यो खालको अराजकता सिर्जना गर्ने गतिविधि भइरहेको छ । आखिर सरकार कसको हो रु राज्य कसको रु जब राज्य कमजोर हुन्छ, जब सरकार कमजोर हुन्छ, सरकार मेरो हो, राज्य मेरो हो, भन्ने भाव आउँदैन तबसम्म देश बन्दैन । आर्थिक समृद्धिका लागि पहिला राज्य सफल हुनुपर्दछ । सरकार सफल हुनुपर्दछ । यदी राज्यलाई कमजोर देख्ने, सरकारलाई कमजोर देख्ने, सरकार फलानाको, एमालेको, काँग्रेसको, माओवादीको भनेर हामीले भन्ने तर सरकार मेरो हो, सरकार नेपालको हो । नेपालको सरकार, राज्य जबसम्म बलियो हुँदैन, तबसम्म कुनै क्षेत्र बलियो हुँदैन भन्नेकुरा बुझ्न जरुरी म ठान्दछु । उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि हामी सरकारको नीतिमा समस्या छन् भने, सरकारको नीतिमा प्रश्न छन् भने आउनुस् छलफल, बहस गरौँ । सरकारका नीतिमा होलान् कमजोरी, त्यो सच्याउन हामी तयार छौँ । कहाँनेर निजी क्षेत्र निरुत्साहित भएको हो, त्यसमा बहस गरौँ । हामी सहकार्य गर्न तयार छौँ । अहिलेको जस्तो बलियो, दृढ सरकार कहिले पाउनु हुन्छ । नीतिमा सुधार गर्नुपर्छ भने पनि कहीँ समस्या छैन, सरकार तयार छ । आज सरकारलाई बेठिक देख्ने, राज्य कमजोर हुने अनि हामी रमाउने कुराले हाम्रो समृद्धिको यात्रा तय हुँदैन । आजको राज्यको संयन्त्र, तीन तहको सरकार बीचको सहकार्यबाट हामी निजी क्षेत्रलाई प्रोत्साहित गर्न चाहन्छौँ । निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छौँ ।’

उद्योगमन्त्री भण्डारीले उद्योग क्षेत्रमा रहेका समस्याको समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले उद्योग क्षेत्रसँग सम्बन्धित, वस्तुगत सेवा, छाता संस्थाहरुसँग सम्बन्धित छलफल गरी मन्त्रायल सुधार कार्ययोजना बनाइएको बताए ।
 

प्रतिक्रिया दिनुहोस