लेबनानमा भएको हवाई हमलामा हिजबुल्लाहका सय रकेट लन्चरहरू नष्ट भएको दाबी

सफल खबर संवाददाता

शुक्रबार, ०४ असोज २०८१, १२ : ५२
लेबनानमा भएको हवाई हमलामा हिजबुल्लाहका सय रकेट लन्चरहरू नष्ट भएको दाबी

बेरुत । आफ्नो लडाकु विमानले हिजबुल्लाहको सयभन्दा धेरै रकेट लञ्चरलाई निशाना बनाएको दाबी इजरायलले गरेको छ । इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) का अनुसार यी लन्चरहरू इजरायलमा आक्रमण गर्न तयार थिए । दक्षिणी लेबनानमा रहेका हतियार गोदामहरूलाई पनि आईडीएफले हवाई आक्रमणमा निशाना बनाइएको छ ।

इजरायलले बिहीबार साँझ ५२ वटा हवाई आक्रमण गरेको लेबनानको सरकारी समाचार एजेन्सीले भनेको छ । यसको प्रतिकारमा लेबनानले पनि उत्तरी इजरायलमा सैन्य केन्द्रहरूमा पनि आक्रमण गरेको बताइएको छ । ‘दुस्मनले सबै सीमा, नियम र रातो रेखालाई विस्फोट गरेर पार गरेको छ ।

यसअघि हिजबुल्लाह नेता हसन नसरल्लाहले भनेका थिए ।  यसैबिच लेबनानभर पेजर र वाकीटकीमा भएको विस्फोटमा परेर कूल ३७ जनाको मृत्यु भएको थियो । घाइतेको सङ्ख्या पनि ३ हजार ५०० भन्दा बढी पुगेको बताइएको छ ।

नसरल्लाहले यी आक्रमणहरूलाई ‘नरसंहार’ भनेर भनेका छन् । यो हिजबुल्लाहका लागि ठुलो प्रहार भएको पनि उनले बताए । ‘यसलाई युद्ध अपराध भन वा युद्धको घोषणा– तपाईं  यसलाई जे चाहनुहुन्छ भन्न सक्नुहुन्छ । यो शत्रुको नियत हो’ उनले भनेका छन् ।

अर्कोतर्फ इजरायलका रक्षामन्त्री योभ गालान्टले चाँहि इजरायल अब युद्धको नयाँ चरणमा प्रवेश गरिरहेको र आफ्नो शक्ति उत्तरमा केन्द्रित गरिरहेको भनेका छन् । सन् २०२३ को अक्टोबर ८ मा गाजाबाट हमासका सशस्त्र लडाकुहरूले इजरायलमा आक्रमण गरेका थिए । त्यसपछि इजरायल र हिजबुल्लाह बीच तनाव जारी छ ।

त्यसबेलादेखि, हिजबुल्लाहले प्यालेस्टिनी जनतासँगको ऐक्यबद्धतामा इजरायलका कयौँ स्थानलाई निशाना बनाएर बमबारी जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस