प्रदेश ३ मा आज सार्वजनिक बिदा

सफल खबर संवाददाता

बुधबार, १६ माघ २०७५, ०८ : ४०
प्रदेश ३ मा आज सार्वजनिक बिदा

प्रदेश ३ सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । एक साताअघिको प्रदेश मन्त्रिपरिषद् बैठकले सहिद दिवसको दिन प्रदेशका १३ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले पहिलोपटक सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसअघि मन्त्रीपरिषद् बैठकले सहिदहरुको सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयले विदा दिने निर्णय गरेको हो ।

सहिद दिवसको अवसरमा मुख्यमन्त्री पौडेलले बुधबार बिहान साढे ७ बजे हेटौँडा ११ स्थित सहिद स्मारकमा माल्यार्पण गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक बिदाको निर्णयको बोधार्थ नेपाल सरकार गृह मन्त्रालयलाई दिएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस