रुपन्देहीमा तस्करसँग गोली हानाहान, एकजनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २९ पुस २०७५, १२ : ४८
रुपन्देहीमा तस्करसँग गोली हानाहान, एकजनाको मृत्यु

काठमाडौं । रुपन्देहीको शंकरपुरमा प्रहरी र तस्करको समूहबीच गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । शनिबार राति १२ बजेतिर भएको घटनामा तस्कर समूहका एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गस्तीमा रहेको प्रहरी टोलीमाथि गोली प्रहार भएपछि जवाफी कारवाहीमा तस्कर समूहका एकजनाको मृत्यु भएको रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिनुभयो । अन्दाजी ३५ वर्षका मृतकको सनाखत हुन बाँकी रहेको थापाले बताउनुभयो । उनीसँगै मोटरसाइकलमा रहेका अर्का युवक भाग्न सफल भएको उहाँले बताउनुभयो ।

तस्करले चलाएको गोली लागेर प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको एसपी थापाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस