काठमाडौ । आन्तरिक हवाई उडानका प्रयोग हुने इन्धनको मूल्य घटेसँगै देशभरको हवाई भाडा पनि घटेको छ । इन्धनको मूल्यमा एक रुपैयाँ तलमाथि हुँदा भाडा पनि घटबढ हुने व्यवस्था अनुसार भाडा घटेको वायुसेवा संचालक समितिले जनाएको छ । घटेको भाडा २९ पुसदेखि लागू हुने समितिले जनाएको छ।
उडानमा भाडा र इन्धन शुल्कको नाममा छुट्टै शिर्षक हुन्छ, यात्रुले भने एउटै शिर्षक भाडाको रुपमा तिर्छन् । इन्धनको मूल्य घटेपछि इन्धन शुल्क शिर्षकको मूल्य घटेको हो । जसले यात्रुलाई हवाई भाडा घट्न जान्छ । ‘इन्धनको भाडा घटेसँगै बैठक बसेर निर्धारित सुत्र अनुसार नयाँ भाडा समायोजन गरिएको हो' वायुसेवा संचालक समितिका अध्यक्ष पवित्र कुमार कार्कीले भने ।
यस्तो छ नयाँ भाडाको सूची
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ पुस २०७५, १६ : २३
लेखकबाट थप