अष्ट्रेलिया पुगेका गगन थापालाई सिड्नीमा गरियो स्वागत

सफल खबर संवाददाता

शनिबार, २८ पुस २०७५, १५ : १४
अष्ट्रेलिया पुगेका गगन थापालाई सिड्नीमा गरियो स्वागत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगन थापा अष्ट्रेलिया पुगेका छन् । अष्ट्रेलियास्थित नेपाली कांग्रेससँग निकट रहेका शुभेच्छुक संस्थाहरूको कार्यक्रममा सहभागी हुन थापा अष्ट्रेलिया पुगेका हुन् ।

थापालाई अष्ट्रेलियाको सिड्नीस्थित एयरपोर्टमा नेपालीहरूले भव्य स्वागत गरेका छन् ।

अष्ट्रेलियामा रहँदा नेपालीहरूका विभिन्न संघ संस्थाहरूले राखेका कार्यक्रममा युवा नेता थापाले भाग लिनेछन् ।

नेपाली सययअनुसार नेपाली कांग्रेसका युवा नेता थापा शुक्रबार राति अष्ट्रेलियाको सिड्नी एयरपोर्टमा पुगेका हुन् ।

कार्यक्रमम भाग लिएर कांग्रेसका युवा नेता थापा मंगलबारभित्र काठमाडौं आइपुग्ने एकजना सहयोगले जानकारी दिए ।

कम्युनिस्ट सरकारले सदनमा पेलेर लैजान खोजेपछि केही दिन अगाडि जोडदार रुपमा प्रतिवाद गरेका थापाले अधिनायकवादविरुद्ध लड्ने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसका युवा नेता थापाले कम्युनिस्ट सरकारविरुद्ध आफूलाई केन्द्रित बनाउँदै आएका छन् ।
 

प्रतिक्रिया दिनुहोस