रेडक्रस सोसाइटी उपशाखा पटिहानीको अधिवेशन

सफल खबर संवाददाता

शुक्रबार, २७ पुस २०७५, १९ : ३३
रेडक्रस सोसाइटी उपशाखा पटिहानीको अधिवेशन

- अपिल घिमिरे 
चितवन । पटिहानीमा रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा पटिहानीको सातौ अधिवेशन तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि प्रदेश नम्बर तीनका माननीय सांसद रामलाल महतोले अधिवेशनको उद्घाटन गर्नु भयो । सोही कार्यक्रममा संसद महतोले रेडक्रस भवनको समेत उद्घाटन गर्नु भएकोछ ।

कार्यक्रममा रेडक्रस सोसाइटी  शाखा चितवनका उपमन्त्री शालिग्राम पौडेल, भरतपुर 13   का वडाध्यक्ष प्रकाश दवाडी , 22 का वडाध्यक्ष बिष्णु राज महतो, गितानगर शाखाका सभापति रूद्र अधिकारी लगायतले शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा संस्थाका सचिव रामजीप्रसाद सापकोटाले  बार्षिक र कोषाध्यक्ष धर्म राज महतोले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

पटिहानी शाखाका सदस्य कृष्णहरी शर्माले रेडक्रस का सात सिद्धान्तहरू बाचन गर्नु भएको थियो । रेडक्रस उप-शाखालाई भवन निर्माण गर्न 12 धुर जग्गा प्रदान गर्नु हुने शाखाका संस्थापक सभापति समाजसेवी स्व.कमलराज पाण्डे र उहाँका परिवर प्रति कृतज्ञता प्रकट गरिएको थियो । हालसम्म  एक जना यशस्कर सदस्य र 202 जना आजीवन सदस्य रहेको शाखासंग आफ्नै एम्बुलेन्स सेवा सञ्चालन गरि सेवा प्रदान गर्दै आएको छ । संस्थाले 2072 सालमा गएको बिनाशकारी नुवाकोटको गेर्खुमा  भुकम्पमा परी मृत्यु भएका तथा घाइते भएका हरूलाई राहत वितरण गरेको साथै 2074 सालको बाढीबाट प्रभावित क्षेत्रमा समेत राहत पुर्याएको थियो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा पटिहानीका सभापती कुमार प्रसाद थपलीयाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सह सचिव बिष्णुहरी घिमिरेले उपस्थित प्रमुख अतिथि, बिशिष्ट अथिति लगायतलाई स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस