द्रुतमार्ग तोकिएकै अवधिभित्र सम्पन्न गरिने : रक्षामन्त्री ईश्वर पोखरेल

सफल खबर संवाददाता

शुक्रबार, २७ पुस २०७५, १९ : २३
द्रुतमार्ग तोकिएकै अवधिभित्र सम्पन्न गरिने : रक्षामन्त्री ईश्वर पोखरेल

चितवन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको तल्लो तहसम्मका एकता चाँडै सम्पन्न हुने बताउनुभयो । काठमाडाँै द्रुतमार्ग सरकारले दिएको समय अवधिभित्र सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो । 
प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले विसं २०७४ वैशाखमा मन्त्रिपरिषद्ले निर्णय गरी गत साउनमा नेपाली सेनालाई हस्तान्तरण गरिएको सो योजना सरकारसँग भएको सम्झौता बमोजिम कामले गति लिइरहेको जानकारी गराउनुभयो । 
उहाँले राजनैतिक र संवैधानिक हिसाबले सङ्घीयताको घोषणा भए पनि कानून र संरचना तदअनुसार नहुँदा कतिपय कुरा अप्ठ्यारो परेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस