अन्ततः फुट्यो विवेकशील साझा पार्टी

सफल खबर संवाददाता

शुक्रबार, २७ पुस २०७५, १८ : ०७
अन्ततः फुट्यो विवेकशील साझा पार्टी

काठमाडौं । विवेकशील साझा पार्टी फुटेको छ । रविन्द्र मिश्र र उज्जल थापा नेतृत्वको विवेकशील साझा पार्टी फुटेको हो । नयाँ पार्टीको नेतृत्व उज्जल थापाले गरेका छन् ।

केन्द्रिय सदस्य ३५ मध्ये १६ जनाले नयाँ दल दर्ताको निवेदन दिएका छन् । पार्टीको उज्वल थापा समूहका १६ सदस्यले विवेकशील नेपाली दल नाम माग गर्दै नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । थापा नेतृत्वको विवेकशील नेपाली दल र मिश्र नेतृत्वको साझा पार्टीबीच २०७४ साउन ११ गते एकता भएको थियो । तर, डेढ वर्षमा नै विवेकशील पक्ष पुरानै पार्टी ब्यूाताउन लागेका हुन् ।

संयोजक रबिन्द्र मिश्र र थापाबीच पार्टीको आगामी रणनीति, नेतृत्वको भूमिका लगायतका विषयमा पार्टीभित्र मतभेद चुलिएको थियो । पुस ३० गतेका लागि बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठक अघि पार्टी सदस्यहरु स्पष्ट रुपमा मुलतः रबिन्द्र मिश्र र उज्वल थापा गुटमा विभाजित देखिएका थिए । 

प्रतिक्रिया दिनुहोस