लोकसेवा आयोगमा जागिर खोनलाई खुल्यो ढोका

सफल खबर संवाददाता

विहीबार, २६ पुस २०७५, १० : १०
लोकसेवा आयोगमा जागिर खोनलाई खुल्यो ढोका

काठमाडौं । लोकसेवा आयोगले देशभरबाट राजपत्रअनंकित प्रथम श्रेणीका लागि दरखास्त आह्वान गरेको छ । लोकसेवाले विज्ञापन निकाल्दै लोकसेवा आयोगको कार्यालय धनकुटाबाट खुला महिला आदिवासी, मधेसी दलित र अपांग गरी २३ जना सुब्बा माग गरेको छ ।
त्यस्तै आयोगको कार्यालय जलेश्वरबाट ३० पदका लागि दरखास्त आह्वान गरेको हो । लोकसेवा आयोगको कार्यालय काठमाडौंबाट भने ९९ जनाका लागि दरखास्त आव्हान गरेको छ । काठमाडौंबाट न्यायसेवा, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसदका लागि सुब्बाको दरखास्त आह्वान गरेको हो ।
त्यस्तै आयोगको कार्यालय पोखराबाट आठ जना माग गरिएको भने बुटवलबाट १६ जना माग गरिएको छ । आयोगको कार्यालय सुर्खेतले सात जना माग गर्दा दिपायलबाट १० जना माग गरिएको छ । विज्ञापन दस्तुर ४०० तोकिएको छ भने समावेशी पदका लागि थप २०० दस्तुर कायम गरिएको छ ।
दरखास्तको अन्तिम म्याद माघ १५ सम्म कायम गरिएको छ भने दोब्बर दस्तुर बुझाएर माघ २२ सम्म फाराम भर्न सकिने आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस