अटोरिक्सा पल्टिँदा आमाको मृत्यु, बाबुछोरा घाइते

सफल खबर संवाददाता

बुधबार, २५ पुस २०७५, २० : ४०
अटोरिक्सा पल्टिँदा आमाको मृत्यु, बाबुछोरा घाइते

चितवन । भरतपुर महानगरपालिका ९ बसन्तचोकमा बुधबार साँझ अटोरिक्सा पल्टिँदा एक जना महिलाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार, ना २ ह १७५६ नम्बरको अटोरिक्सा सडकमा पल्टिँदा आटोरिक्सामा सवार यात्रु गोरखा ताम्राङ गाउँपालिका ४ बस्ने ३३ वर्षीय होममाया थापा लामिछानेको मृत्यु भएको हो । लामिछानेको उपचारका क्रममा चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा घाइते हुनेमा मृतकका श्रीमान ३५ वर्षीय सन्तोष लामिछाने र पाँच वर्षीय छोरा सुशान्त लामिछानेको उपचार भइरहेको छ । चालक र अटो प्रहरीको नियन्त्रणमा रहेको छ । साँझको समयमा तीब्र गतिमा चलाउँदा अटो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस