बच्चा जन्माएर फाल्ने महिला पक्राउ

सफल खबर संवाददाता

बुधबार, २५ पुस २०७५, २० : ३५
बच्चा जन्माएर फाल्ने महिला पक्राउ

चितवन । बच्चा जन्माएर सालनालसहित फाल्ने एक जना महिलालाई चितवन प्रहरीले पक्राउ गरेको छ । 

बच्चा जन्माएपछि बोरामा पोको पारेर फालेको आरोपमा गोरखा जिल्लाको शहीद लखन गाउँपालिका ४, ठेवाटारकी ३१ वर्षीय महिला पक्राउ परेकी हुन् । पक्राउ परेका महिलामाथि कानुनी प्रक्रीया सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । महिलालाई प्रहरीे हिरासतमा राखिएको छ । 

पुस २१ गते चितवनको इच्छाकामना गाउँपालिका ४, लेवाटार र गोरखाको शहीद लखन गाउँपालिका ४, ठेवाटार जोड्ने पुलपुनि नवजात शिशु सालनालसहित फेला परेका थिए । शिशुको भरतपुरस्थित एक अस्पतालमा उपचारकै क्रममा पुस २२ गते मृत्यु भएको थियो । दोस्रो विवाह गरेकी ती महिलाले बच्चा पाल्न नसक्ने भन्दै जन्माएर फालेको प्रारम्भिक सोधपुछमा बताएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस