विप्लवका कार्यकर्ताहरुद्वारा मेयरलाई कालोमोसो दलियो

सफल खबर संवाददाता

मंगलबार, २४ पुस २०७५, १९ : ०३
विप्लवका कार्यकर्ताहरुद्वारा मेयरलाई कालोमोसो दलियो

बुटवल । प्युठानमा नेत्रविक्रम चन्द (विपल्व) नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले स्वर्गद्धारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकायलाई कालोमोसो दलेका छन् ।  

प्युठानका प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीका अनुसार मेयर रोकायमाथि सो पार्टीका कार्यकर्ताले दुव्र्यवहार गरेका छन् । उनले भने, ‘उनीहरुले कालोमोसो दल्न खोज्दा पु्रै मोसो नदलिए पनि कपडामा केहि कालो लागेको छ ।’

मंगलबार उनलाई आफ्नो पार्टीको नाममा बेनामी चेक काटी भ्रष्टाचार गरेको आरोपमा कालोमोसो दलिएको सो पार्टीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

मेयर रोकायले उपभोक्त समितिमा आफ्ना पार्टीका कार्यकर्ताहरुलाई उपभोक्ता समितिमा पदाधिकारी बनाई किर्ते बिल भर्पाही मिलाई मोटो रकम अनियमिता गरेको आरोप समेत लगाईएको छ । 

 

प्रतिक्रिया दिनुहोस