एनआई सी एसिया बैंकलाई आई एस ओ ९००१: २०१५ प्रमाणपत्र

सफल खबर संवाददाता

मंगलबार, २४ पुस २०७५, १८ : ३५
एनआई सी एसिया बैंकलाई आई एस ओ ९००१: २०१५ प्रमाणपत्र

काठमाडौं । एनआई सी एसिया बैंकले ‘अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː २०१५’ पाएको छ । यस्तो अवार्ड United Registrar of  System -URS_/UKAS-UK  ले प्रदान गर्ने गर्दछ । 

पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखि योजना, आफ्नो सबल चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकिय क्षमतामा आधारित सेवा आदिमा राम्रो सुधार गर्दै उत्कृष्ट सेवा दिन सफल भएकाले नै यो अन्तर्राष्ट्रियस्तरको प्रमाणपत्र पाउन बैंक सफल भएको  हो ।

यस बैंक शाखा सञ्जाल, ग्राहक संख्या, वासलातको आकार आदिको हिसाबमा पनि अग्रणी बैंक बन्न सफल भइसकेको छ । हाल यस बैंकले २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एंव २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एंव आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ । 

हाल यस बैंकको वासलातको आकार रू. २१५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेपकरिब रू. १६९ अर्ब तथा कर्जा रू. १४६ अर्ब पुगिसकेको छ । हालसम्म ग्राहक संख्या करिब १४ लाख पु¥याउन सफल भइसकेको यस बैंकले सरकारको नीति अनुरूप नेपालका दूरदराजमा समेत शाखा कार्यालय स्थापना गरेर ग्रामीण क्षेत्रका जनतालाई पनि बैंकिङ पहुँचमा ल्याउन अभियान नै चलाएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सुचना अधिकारी) सुधिर नाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस