नेकपा अध्यक्षद्धयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित

सफल खबर संवाददाता

शुक्रबार, १३ पुस २०७५, १५ : ०७
नेकपा अध्यक्षद्धयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन परिर्माजनसहित पारित गरेको छ ।

दुई साता लामो बैठकको अन्तिम दिन आज(शुक्रवार) को  बैठकमा सदस्यहरुले राखेका विभिन्न विषयलाई सम्बोधन गर्ने गरी अध्यक्षद्वयको प्रतिवेदन पारित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

मंसीर २९ गतेबाट सुरु भएको स्थायी समिति बैठकमा नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पु¥याउन नसकेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए । 
सोही आलोचनाको विषयलाई समेत समेटने गरी राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरिएको हो । बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले नेताहरुको सुझावलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने प्रतिबद्धता जनाएपछि राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।

बैठकले पार्टी संगठनहरुको एकीकरणको काम पुस मसान्त भित्र सक्ने गरी आवश्यक सुझाव पेश गर्न रामबहादुर थापाको नेतृत्वमा महासचिव विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुवीर महासेठ सम्मिलित कार्यदल गठन गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस