एनआई सी एशिया बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

सफल खबर संवाददाता

विहीबार, १२ पुस २०७५, १९ : ३२
एनआई सी एशिया बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेडले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २ सय ७० वटै शाखाहरुबाट सहज रुपमा सन नेपाललाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गर्नुभयो । 

एनआई सी एशिया बैंक २ सय ७० शाखा कार्यालयहरु, २ सय ८८ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २ सय १३ अर्बभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १ सय ६९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १ सय ४५ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकका नायब प्रमुख सुचना अधिकारी अर्जुन राज खनियाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस