एनआई सी एशिया बैंकको नयाँ शाखा भोजपुरको बैकुन्ठेमा

सफल खबर संवाददाता

शुक्रबार, ०६ पुस २०७५, १७ : ४२
एनआई सी एशिया बैंकको नयाँ शाखा भोजपुरको बैकुन्ठेमा

काठमाडौं । एनआई सी एशिया बैंकले भोजपुरमा नयाँ शाखा विस्तार गरेको छ । रामप्रसाद राई गाउँपालिका वडा नम्बर ६, भोजपुरस्थित बैकुन्ठे शाखाको रामप्रसाद राई गाउँपालिका प्रमुख विजय राईले आज एक समारोहकाबीच उद्घाटन गर्नु भएको हो ।

यो बैंक मुलुकभर २ सय ७० शाखा कार्यालयहरु, २ सय ८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २ सय १२ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १ सय ६९ अर्ब तथा कर्जा रू. १ सय ४५ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष राठीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 
 

प्रतिक्रिया दिनुहोस