एनआई सी एशिया बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न

सफल खबर संवाददाता

बुधबार, ०४ पुस २०७५, १६ : १०
एनआई सी एशिया बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेडले आज ललितपुर महानगरपालिका वडा नम्बर २ सानेपास्थित हेरीटेज गार्डेनमा आफ्नो २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ. व. २०७४/०७५ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखा परिक्षण प्रतिवेदनसहित २०७५ आषाढको वासलात र आ.व. २०७४/७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।
साथै साधारण सभाले बैंकको सहायक कम्पनी एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लि. र एनआई सी एशिया क्यापिटल लि. सहितको आ.व. २०७४/७५ को एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । सभाले चालु आ.व. २०७५/७६ को लागि  टि आर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखा परिक्षकमा नियुक्त गरेको छ । 

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०  प्रतिशतका दरले असी करोड एकतीस लाख एघार हजार सात सय रुपैयाँ बोनस शेयर वितरण गर्न र त्यसमा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत अर्थात चार करोड बाईस लाख उनान्सत्तरी हजार सड्तीस रुपैयाँ नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ । उपरोक्त बमोजिमको बोनस शेयर वितरणबाट बैंकको साविकअ धिकृत पूँजी आठ अर्ब चार करोड रुपैयाँलाई वृद्धि गरी आठ अर्ब चौरासी करोड रुपैयाँ बनाउन साविक तत्काल चुक्ता पूँजी आठ अर्ब तीन करोड एघार लाख सोह्र हजार नौ सय अन्ठानब्बे रुपैयाँलाई वृद्धि गरी आठ अर्ब त्रीयासी करोड बैयालीस लाख अठ्ठाईस हजार छ सय अन्ठानब्बे रुपैयाँ बनाउन स्वीकृत प्रदान गरेको छ । 

प्रतिक्रिया दिनुहोस