निर्मला हत्या प्रकरण : आईजीपी खनालसमक्ष छानविन समितिको प्रतिवेदन पेस

सफल खबर संवाददाता

सोमबार, ०२ पुस २०७५, १९ : १७
निर्मला हत्या प्रकरण : आईजीपी खनालसमक्ष छानविन समितिको प्रतिवेदन पेस

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणबारे छानविन समितिले प्रतिवेदन पेस गरेको छ । निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको नेतृत्वमा गठित टोलीले आफ्नो निश्कर्षसहितको प्रतिवेदन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएको हो ।

प्रतिवेदनमा बलात्कारपछि हत्या गरेर फालिएकी निर्मला पन्तको विषयमा अनुसन्धान गर्ने प्रहरी कर्मचारी र उनीहरुको भूमिकाउपर छानविन गरिएको विषयलाई समेटिएको छ । सो घटनालगत्तै अनुसन्धान र अनुसन्धानमा खटिएका प्रहरी अधिकृत तथा जवानहरूको भूमिका माथि नै शंका उब्जिएपछि प्रहरीले बस्न्यातको नेतृत्वमा २०७५ भदौ ३१ गते उक्त छानविन समिति गठन गरेको थियो । 

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्त १० साउनदेखि हराएकी थिइन् । भोलिपल्ट घरबाट करिब दुई किलोमिटर टाढा रहेको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो । घटनामा संलग्न व्यक्तिको प्रहरीले अझैसम्म पहिचान गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस