प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

सफल खबर संवाददाता

विहीबार, २७ मंसिर २०७५, ११ : ५५
प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

काठमाडौं । प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम सिफारिस भएको छ । 
बिहीवार बसेको संवैधानिक परिषदको बैठकले जबरालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सर्वसम्मत निर्णयसहित सिफारिस गरेको हो ।  
सर्वोच्च अदालतको २९औं प्रधानन्यायाधीशका लागि जबरालाई सिफरिस गरिएको परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए । 

न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि न्यायाधीश जबरा र दीपकराज जोशीको नाम संवैधानिक परिषदमा सिफारिस गरेको थियो । 

जोशी यसअघि २८ औं प्रधानन्यायाधीशका लागि संसदीय समितिबाट अयोग्य ठहर भएकाले संवैधानिक परिषदले जबराको नाम भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो । 

प्रतिक्रिया दिनुहोस