चितवनबाट बेहुली लिएर बाँके गएको जीप दुर्घटना, बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २७ मंसिर २०७५, ०८ : २७
चितवनबाट बेहुली लिएर बाँके गएको जीप दुर्घटना, बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु

चितवन । चितवनको गीतानगरबाट बेहुली लिएर बाँकेको शम्शेरगञ्ज गएको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बा १२ च ३१२२ नंको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ४०९० नंको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । दाङको लमही नगरपालिका–९ को रिहार नजिक गए राति पौने २ बजे जीप र बस एकापसमा ठोक्किएको प्रहरीको भनाइ छ । 
स्कारपियोमा सवार आठमध्ये छ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बेहुलाका बाबु राप्तीसोनारी गाउँपालिका–८ निवासी ५३ वर्षीय मानबहादुर केसी ४५ वर्षीया आमा विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, पाँच वर्षीय प्रवीण केसी, ३१ वर्षीय दीपककुमार खड्का, कोहलपुर–१२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो । सो दुर्घटनामा चालकसहित अन्य दुई घाइते भएका छन् । बेहुला बेहुली भने अर्को गाडीमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस