काठमाडौं । पुंजीबजार लगायत गिरावटको कारण लगानीकर्ता निरुत्साहित बन्दै गएका छन । बजार उकास्नुको साटो निरन्तर घटेपछि सेयर लगानीकर्ताको मनोबल समेत खस्किरहेको छ । तर सरकारले शेयर बजार ब्यापार चक्र भएको भन्दै धैर्यता गर्ने लगानीकर्तालाई आग्रह गरेको छ । नियमन निकायले सेयर बजार केन्द्रमा सिमित भएकै कारण बिस्तारको आवश्यकता देखाएको छ । बिगत लामो समयदेखि सेयर बजारमा निरन्तर गिरावटको क्रम अझै रोकिएको छैन । सेयरमा लगानी गर्नेहरु सेयर बजार ओरालो लागेकोमा सबैभन्दा चिन्तित छन् । नेपालमा सेयरमा बुझेर लगानी गर्नेहरु भन्दा नबुझि लगानी गर्नेहरु बढी छन् । सेयर बजार ओरालो लाग्दा सबैभन्दा पीडित पनि उनीहरु नै बन्ने गर्छन् । लामो समयदेखि यसरी सेयर बजार ओरालो लागेपछि संसद्को अर्थ समितिले चासो देखाउन थालेको छ । अर्थसमितीले सेयर बजारका नियमन निकाय, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैक, नेपाल स्टक एक्चेन्स, नेपाल धितोपत्र बोर्ड, लगानीकर्ता संघ, ब्रोकर संघ तथा अर्थबिज्ञ लगायतको टोलीसंग गिर्दाे सेयर बजारबारे छलफल गरेको छ ।
सेयर बजार लगातार घटिरहदा लगानीकर्ता हतोत्साहित भइरहेको अवस्थामा समितीले चासो लिएको हो । अर्थसमितिको छलफलमा सहभागी अर्थमन्त्री युवराज खतिवडाले अहिले अर्थतन्त्रका सुचकहरु राम्रो हुदै गएकाले डराउनु पर्ने अवस्था नरहेको भन्दै आश्वास्त पार्न खोजेका छन् । तर, सेयर लगानीकर्तामा केही समय सेयर होल्ड गर्न सक्ने गरी धैर्यता आवश्यक भएको अर्थमन्त्री खडिवडाले जिकिर गरे ।
नेपाल राष्ट्र बैकका गर्भनर चिरञ्जिवी नेपालले अहिले सेयर बजारलाई केही सीमित ब्यक्ति तथा समुहले आफनो पकडमा राख्ने काम भइरहेकाले सेयर बजार सकुचित बन्दै गएकोले धारणा राखे । नेपालले देशभर नै सेयर बज्ँँर बिस्तार गर्नु आवश्यक रहेको जिकिर गरे ।
लगानीकर्ताहरुले भने सरकारले सेयर बजारलाई हेर्ने दृष्टिकोण परिवर्तन नभई बजारले गति नलिने दाबी गरेका छन् । इन्भेन्टमेन्ट फोरममा अध्यक्ष अम्बिका प्रसाद पौडेलले नीतिगत स्पष्टताको कारण सेयर गिरावटले बिकराल अवस्था देखिएको बतँए ।
नियमन निकाय नेपाल स्टक एक्जेन्सले र धितोपत्र बोर्डले भने पछिल्लो समय सेयर बजार अनलाईन मार्फत लगिएको कारण लगानीकर्तँ अझै अभ्यस्त बन्न नसकेको बताएको छ । तर लगानीकर्तँसंग सहकार्य गरेर अहिलेको अवस्थालाई समाधान गरिने नेप्सेका अध्यक्ष चन्द्र सिंह साउत बताउछन ।
दुई तिहाइ बहुमत भएको नया सरकार गठनसंगै सेयर बजार माथि उठन सकिरहेको छैन बजार लगातार घटिरहंदा दोस्रो बजारको सेयर पनि झण्डै प्राथमिक मूल्यकै हाराहारीमा झर्न थालेको छ । पुर्व अर्थमन्त्री बाबुराम भट्टराईले निरन्तर घटिरहेको सेयर बजारभित्रको यर्थार्थ पत्ता लगाउन आवश्यक रहेको बतँए । अहिलेको सेयर बजार गिरावटको निरन्तरता रोकिएको छैन । सेयर बजर बढ्ने घट्ने क्रम त चलिरहन्छ नै । तर पछिल्लो समय अस्वभाविक बजार घट्नुको पछि कारण खोज्दै सेयर बजारलाई सन्तुलित राख्न सरकार समेत संवेदनशील बन्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ मंसिर २०७५, १८ : ५६
लेखकबाट थप