गणेशधाममा एक व्यत्तिद्वारा २२ लाख दान

सफल खबर संवाददाता

आइतबार, २३ मंसिर २०७५, १९ : २०
गणेशधाममा एक व्यत्तिद्वारा २२ लाख दान

चितवन । गणेशधाममा निर्माणर्थ आोजना गरिएको महायज्ञको दोस्रो दिनमा एकै व्यक्तिले २२ लाख रुपैया दान गरेका छन् । भरतपुर १२ निवासी नारायणी जग्गा व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीले धाम निर्माण गर्न सहयोग स्वरुप २२ लाख २२ हजार २ सय २२ रुपैया दान गरेका हुन् । ठुलो रकम दान गरेका अधिकारीलाई बाजागाजासहित  रथारोहण गरेर गणेशस्थान क्षेत्र परिक्रमा गराइएको थियो ।
गणेशधाम निर्माण गर्नका लागि सबै आ आफ्नो ठाउबाट लागि रहेको समयमा आफुले पनि केही सहयोग गरौ भनेर सो रकम सहयोग गरेको अधिकारी बताएका छन् । 

महायज्ञ आयोजक मुल समारोह समितिका उपाध्यक्ष र भूमिदान उपसमितिका संयोजक अधिकारी हंश बहुउदेश्य सहकारी संस्थाका उपाध्यक्ष ,नेपाल रेडक्रस सोसाइटी तथा नेपाल अर्वुद्ध रोग संस्था लगाएतका संघ संस्थामा आबद्ध रहेका छन् । 
महायज्ञमा अहिलेसम्म २८ लाख रुपैया संकलन भैसकेको आर्थिक समितका संयोजक शंकर अधिकारीले जानकारी दिनु भयो । 

२९ गतेसम्म संचालन हुने धनधान्यचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ मा युवा वाचक पण्डित दिनवन्दु पोखरेलले प्रवचन दिइरहेका छन् । गणेस्थानलाई गणेशधाम निर्माण गर्ने उदेश्यका साथ महायज्ञ लगाइएको हो । 
पबहान ७ वजेबाट ९ वजेसम्म पूजा एवं पाठ पारायण, त्यसैगरी ११ बजेबाट ४ वजेसम्म श्रीमद्भागवत कथा वाचन तथा गणेश पुराण वाचन हुनेछ भने प्रत्यक दिन बेलुका भजन किर्तन, झाँकी र दीप प्रज्वलन एवं राष्ट्रिय कलाकारहरुबाट संगीतमय भजन किर्तन हुनेगरेको छ । 

महायज्ञ अवधिभरी तुलादान, चौरासी पूजा, तथा परिक्रमा लक्ष्यवत्र्ति तथा धार्मिक प्रवचन सहस्र १ हजार ८ शालिग्रामको पूजा हुने गरेको महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिनुभयो । 
 

प्रतिक्रिया दिनुहोस