एनआई सी एशिया बैंकको नयाँ शाखा झापा गाउँपालिकाको झापा बजारमा

सफल खबर संवाददाता

आइतबार, २३ मंसिर २०७५, १९ : १०
एनआई सी एशिया बैंकको नयाँ शाखा झापा गाउँपालिकाको झापा बजारमा

झापा । एनआई सी एशिया बैंकले झापा गाउँपालिका वडा नम्बर २, झापा बजारमा आफनो नयाँ शाखा खोलेको छ । उक्त शाखाको झापा गाउँपालिका अध्यक्ष जय नारायण शाहबाट आज एक समारोहकाबीच उद्घाटन भएको छ ।

एनआई सी एशिया मुलुकभर २ सय ७० शाखा कार्यालयहरु, २ सय ८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २ सय ९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १ सय ७० अर्ब तथा कर्जा रू. १ सय ४४ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी) सुधिर नाथ पाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस