कञ्चनपुरका  महिला समूहहरुलाई  मन्त्री बिना मगरले बाँडिन् कुखुराको चल्ला

सफल खबर संवाददाता

आइतबार, २३ मंसिर २०७५, १८ : २२
कञ्चनपुरका  महिला समूहहरुलाई  मन्त्री बिना मगरले बाँडिन् कुखुराको चल्ला

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरमा रहेका विभिन्न महिला समूहहरुलाई कुखुराको चल्ला वितरण गरेकी छन् ।

महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कुखुराको चल्ला वितरण गरिएको हो । प्रज्ञा स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मन्त्री मगरले प्रगतिशील महिला समूहलाई कुखुराको चल्ला वितरण गरेकी हुन् । कञ्चनपुरका विभिन्न क्षेत्रमा रहेका १ सय २० वटा महिला समूहहरुलाई कुखुराको चल्ला वितरण गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले महिलाहरुलाई आत्मनिर्भर बनाएर आयआर्जन गर्न जोड दिइन् । मन्त्री मगरले सामूहिकरूपमा महिलाहरुलाई सशक्त बनाई परनिर्भर हुनुपर्ने बाध्यताबाट मुक्त गर्नुपर्नेमा विशेष जोड दिइन् ।

मन्त्री मगरले महिलाहरुलाई सीप सिकाई आयआर्जनमा लगाउन सकेमा देशको समृद्धिमा समेत योगदान पुग्ने उल्लेख गरिन् ।
 

प्रतिक्रिया दिनुहोस