सिरहामा बम विस्फोट, दुईजना घाईते

सफल खबर संवाददाता

आइतबार, २३ मंसिर २०७५, १६ : ३२
सिरहामा बम विस्फोट, दुईजना घाईते

प्रतिकात्मक फोटो

सिरहा । सिरहाको ठाढीमा बम बिस्फोट भएको छ । विस्फोटमा परी दुईजना घाईते भएका छन् । घाइते हुनेमा  स्थानीय ३० वर्षीय ओमप्रकाश यादव र २६ वर्षीय संजय यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधबराज खरेलका अनुसार भारतसँग सीमा जोडिएको भगवानपुर गाँउपालिका बडा नं. ४ ठाढीमा आइतबार भएको बम बिस्फोटमा उनीहरु घाइते भएका हुन् । घाइते दुवैलाई उपचारका लागि भारततर्फ लगिएको उनले बताए । 

गाउँको पुर्बी छेउमा रहेको बलान खोलामा शौच गर्न गएका बेला बेबारिसे अबस्थामा राखिएको झोला कोट्याउँदा विस्फोट भएको प्रवक्ता खरेलले जानकारी दिएका छन् । झोला भित्र पानपरागको बट्टामा बनाएको बम बिस्फोट भएको थियो । घटनाबारे अनुसन्धान भईरहेको प्रवक्ता खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस