चितवनमा भ्रष्टाचारविरुद्ध निस्कियो र्‍याली

सफल खबर संवाददाता

आइतबार, २३ मंसिर २०७५, १३ : ५२
चितवनमा भ्रष्टाचारविरुद्ध निस्कियो र्‍याली


चितवन । भ्रष्टाचारविरुद्ध अभियान चितवनले आज भरतपुरमा भ्रष्टाचारविरुद्ध र्‍याली निकालेको छ । मानवअधिकारकर्मी, कर्मचारी, महिलाअधिकारकर्मी, भ्रष्टाचारविरुद्ध अभियानका सदस्यहरुको उपस्थितिमा भ्रष्टाचार विरुद्ध र्‍याली निकालिएको थियो । 
चौबिसकोठीबाट निकालिएको र्‍याली जिल्ला समन्वय समितिमा पुगेर समापन भएको थियो । विभिन्न प्लेकार्ड र व्यानरसहित निस्केको र्‍यालीको समापन प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । समापन कार्यक्रममा भ्रष्टाचारविरुद्ध अभियान चितवनका संयोजक भीमबहादुर श्रेष्ठ, प्रदेश सांसद विजय सुवेदी, जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीलगायतले भ्रष्टाचारका विरुद्ध मन्तव्य दिएका थिए । 

प्रतिक्रिया दिनुहोस