अख्तियार प्रमुख आयुक्त भन्छन्, भ्रष्टाचार गर्ने तरिका फेरिएको छ

सफल खबर संवाददाता

आइतबार, २३ मंसिर २०७५, १२ : ३३
अख्तियार प्रमुख आयुक्त भन्छन्, भ्रष्टाचार गर्ने तरिका फेरिएको छ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेले भ्रष्टाचार गर्ने तरिका फेरिएको बताएका छन् । 
अख्तियार विरुद्धको दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले  यस्तो बताएका हुन् । कायक्रममा उनले आफुहरु पनि पनि सोही अनुसार फरक तरिकाले अनुसन्धान गर्ने बताए ।  अहिले कार्यालयबाट दिनहुँजसो स्टिङ् अपरेसन गरिरहेको जानकारी दिदै उनले भ्रष्टाचार नियन्त्रण प्रयास गरिरहेको बताए ।

प्रमुख घिमिरेले भ्रष्टाचार संस्थागत हुँदै गएको भन्दै सरकारलाई गम्भीर हुन ध्यानाकर्षण गराए । संक्रमणकालको नाममा भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको भन्दै उनले भ्रष्टाचारमा मौनता झन ठूलो भ्रष्टाचार भएको टिप्पणी गरे ।  उनले भ्रष्टाचार ब्यस्याबृत्ति भन्दा पनि खराब काम भएको बताए ।

प्रतिक्रिया दिनुहोस