आइएमई मोटर्स (अशोक लेलैण्ड)को नयाँ शाखा अब पोखरामा

सफल खबर संवाददाता

शुक्रबार, २१ मंसिर २०७५, १९ : २७
आइएमई मोटर्स (अशोक लेलैण्ड)को नयाँ शाखा अब पोखरामा

पोखरा । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड गाडीको नयाँ शाखा स्वागतनगर चाउथे, १४– पोखरामा स्थापना गरिएको छ । यो सुविधा सम्पन्न सेटअप भएको र यहाँबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर्स पार्टसहरु उपलब्ध हुने जानकारी गराईएको छ ।

उक्त थ्रि—एस (सेल्स, सर्भिस र स्पेयर्स) सेटअपको समुद्घाटन आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल तथा पोखरा उधोग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संयुक्त रुपमा गरे ।

उद्घाटनका क्रममा प्रबन्ध निर्देशक ढकालले भने –“अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिए । उनले अब पश्चिम क्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस