भ्रष्टचार

पूर्वमन्त्री पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

सफल खबर संवाददाता

शुक्रबार, २१ मंसिर २०७५, १७ : ३७
पूर्वमन्त्री पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । राष्ट्रिय गौरवको सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । 

सिक्टा सिंचाइ आयोजनाको मूलनहर भत्किएको, मूलनहरको डिजाइनमा नै त्रुटि तथा गुणस्तरिय कार्य हुन नसकेको र निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको भन्ने भन्दै आयोगमा उजुरी परेको थियो । 

आयोगले ठकेदारलाई उन्मुक्ति दिई नेपाल सरकारलाई हानी नोक्सानी पुर्याउने नियतका साथ भुक्तानी लिने र दिने कार्यहरु गरे गराएको सप्रमाण पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न तत्कालीन २१ जना कर्मचारी र ब्यक्तिहरूविरुद्ध मुद्दा दर्ता गरेको हो ।
 
अख्तियारले आयोेजना प्रमुख सूर्यदेव पाण्डे, सिनियर डिभिजनल इन्जिनियर मीनराज ढकाल, तत्कालीन प्रमुखहरु सरोजचन्द्र पण्डित, दिलिपबहादुर कार्की र रमेश बस्नेत, सीडीई मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी, प्रकाशबहादुर कार्की, सिंचाई विभागका सुपरिसेन्डिङ इन्जिनियर कमलप्रसाद रेग्मी, सीडीई रविनाथबाबु श्रेष्ठ र अशिषचन्द्र खनालविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जनाएका छन् । 
विशेष अदालतमा दायर गरिएको मुद्दामा पाण्डेसँग २ अर्ब १३ करोड ७६ लाख विगो माग गरिएको छ । 

प्रतिक्रिया दिनुहोस