बैङ्किङ क्षेत्रको ३० अर्ब तान्दै राष्ट्र बैङ्क

सफल खबर संवाददाता

आइतबार, ०६ असोज २०८१, १२ : ५१
बैङ्किङ क्षेत्रको ३० अर्ब तान्दै राष्ट्र बैङ्क

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज बैङ्किङ क्षेत्रमा भएको ३० अर्ब रुपैयाँ तान्ने भएको छ । कर्जा प्रवाह नभएर बैङ्क तथा वित्तीय संस्थामा निक्षेप थुप्रिएपछि राष्ट्र बैङ्कले रकम तान्ने भएको हो । निक्षेप सङ्कलनको बोलकबोल माध्यमबाट रकम तान्न लागेको राष्ट्र बैङ्कले जनाएको छ ।

जसमा बैङ्क तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ राख्नुपर्नेछ । १४ दिनको अवधि तोकेर राष्ट्र बैङ्कले तान्न लागेको उक्त निक्षेपको साँवा तथा ब्याज भुक्तानी असोज २० गते हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस