काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्ती नदीले कटान गरेको क्षेत्रको अनुगमन गरेका छन् । उक्त क्षेत्रमा तटबन्धन निर्माण नहुँदा बाँकेको फत्तेपुर वडा नम्बर ७ र नरैनापुर क्षेत्र प्रभावित हुँदै आएको छ । सो स्थानमा संघीय सरकारबाट विनियोजित बजेटमार्फत काम सुरु भइसकेको छ।
अनुगमनका क्रममा अध्यक्ष दाहालले तत्काल हुनसक्ने क्षतिको न्यूनीकरण (ड्यामेज कन्ट्रोल)का लागि उपलब्ध बजेटबाट काम अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिएका थिए । अनुगमनपछि अध्यक्ष दाहालले थप बजेटका लागि पनि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
अध्यक्ष दाहाल “जनतासँग माओवादी तराई मधेस जनजागर अभियान” अन्तर्गत बाँकी कार्यक्रमहरूमा सहभागी हुन बाँके पुगेका हुन् । अभियान टोली बाँके, बर्दिया र कैलाली हुँदै वैशाख १७ गते कञ्चनपुरमा पुगेर अभियानको समापन गर्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले लाज पचाएर शिक्षकलाई अपमानित गरिरहेको छ : प्रचण्ड
राजावादीको रणनीति असफल भयो: प्रचण्ड
नयाँ समीकरणको परिपक्व आधार बन्दैछ, देउवाजी फर्किएपछि थप कुरा हुन्छ : प्रचण्ड
गोरखा पुगे प्रचण्ड (तस्बिरहरू)
प्रचण्ड र नारायणकाजी गोरखाको बारपाक जाने
सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गयो : प्रचण्ड