काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको सार्वभौमिकता कस्तो छ भन्ने कुरा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको थाइल्यान्ड भ्रमणबाट प्रस्ट भएको बताएका छन् ।
आइतबार ललितपुरको कुपण्डोलमा आयोजित सम्प्रभुता सम्बन्धी छलफलमा विप्लवले यस्तो बताएका हुन । शासकले कुर्सीसँग सार्वभौमिकता साट्दा नेपाल सुगौली सन्धिदेखि एमसीसी सम्झौतासम्म पराधीन हुन पुगेको उनले आरोप लगाए ।
‘हाम्रो स्वाधीनता कस्तो छ भन्ने कुरा शेरबहादुर देउवाको थाइल्यान्ड भ्रमणबाट छर्लङ्ग भएको छ । केही समय पहिले केपी ओली सिंगापुर भ्रमणबाट उठेको थियो । बाबुराम भट्टराईजी अहिले भारत भ्रमणमा हुनुहुन्छ ।
त्यहाँ पनि यही प्रश्न उठ्ला’, उनले भने, ‘अहिलेको अवस्था थाइल्यान्ड कुरेर बसिराख्नु परेको छ । शासकको मनस्थिति कस्तो छ ? मिडिया कस्तो छ ? देउवाको भ्रमणबाट आँखीझ्याल देखिन्छ ।
अहिले राजनीतिमा केपी सरकार ढल्छ कि ढल्दैन भन्नेमा बहस भइरहेको भन्दै उनले त्यो गलत भएको बताए । उनले आफूले एक पटक सत्तामा बसेर सेवा गर्न चाहेको समेत सो क्रममा बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेत्रविक्रम चन्द विप्लव र जनार्दन शर्माबीच भेटवार्ता