चितवन । चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका ३ स्थित भ्यु टावर होटल अगाडी बिरगञ्जबाट दाङ जादै गरेको ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालक रत्ननगर–४ देबौली बस्ने १९ वर्षीया डेबिट दराईको मृत्यु भएको हो ।
फलामको रड बोकेको बा.प्र.०३–००१ ख १२७७ नम्बरकोे ट्रकले शान्तीचोक बाट टाँडी जाँदै गरेको एएए ८४४२ नम्बरको मोटरसाइकललाई गयराती १ः५० बजे ठक्कर दिदाँ डेबिट गम्भिर घाइते भएका थिए । प्रहरीका अनुसार उनको उपचारको क्रममा राती २ः३१ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । यस्तै मोटरसाइकलमा पछाडी सवार रत्ननगरकै १७ वर्षीया सचिन मगर घाइते भएका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घटनापछि प्रहरीले ट्रक र ट्रक चालक महोत्तरी जिल्ला बर्दिबास नगरपालिका–९ बस्ने २४ वर्षीया नमन कुमार खनाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा ५२ वर्षीया महिलाको मृत्यु
ट्रकको ठक्करबाट एक युवतीको मृत्यु
ट्रकको ठक्करबाट ७२ वर्षीया महिलाको मृत्यु
क्षेत्रपुरमा बलेरोको ठक्करबाट स्कुटर चालक घाइते
धादिङमा दुइवटा कार आपसमा ठोकिदाँ चार जना घाइते
फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु