चितवन । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा बलेरोको ठक्करबाट स्कुटर चालक घाइते भएकी छन् । मंगलवार बिहान ७ बजे रामेश्वर मन्दिरबाट लिलाचोकतर्फ जाँदै गरेको बा प्र०६–०१ प ३०२० नम्बरको स्कुटरलाई डाङ्ग्रे चोकबाट लायन्सचोकतर्फ जाँदै गरेको बा प्र ०३–००१ च २०६३ नम्बरको बलेरोले ठक्कर दिएको हो ।
बलेरोको ठक्करबाट स्कुटर चालक भरतपुर–१ बस्ने वर्ष ४४ की रोस्नी श्रेष्ठ मध्यम घाइते भएको प्रहरीले बताएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार गरिएको छ ।
बलेरो चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१२ बस्ने वर्ष २१ को मनिष थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ चैत्र २०८१, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकको ठक्करबाट एक युवतीको मृत्यु
ट्रकको ठक्करबाट ७२ वर्षीया महिलाको मृत्यु
धादिङमा दुइवटा कार आपसमा ठोकिदाँ चार जना घाइते
फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु
जवाङ खोला नजिक ट्रक र कार ठोक्किए , कार चालक घाइते
कारले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु