काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा बैंककबाट सपरिवार स्वदेश फर्किएकी छिन् । त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकार परिवर्तनको हल्ला खण्डन गरिन् ।यो भ्रमणमा काँग्रेस सभापति शेरबहादुर देउवाको कुनै राजनीतिक भेटघाट नरहेको उनको भनाइ थियो ।
‘उहाँको यो स्वास्थ्य चेकअप र व्यक्तिगत भ्रमण हो, भेटघाटको कुनै कार्यक्रम थिएन,’ उनले भनिन् ।सरकार परिवर्तनको हल्लाबारे पत्रकारले सोधेको प्रश्नमा उनले जवाफ दिइन्, ‘तपाईँले नै भन्नुभयो हल्ला भनेर । यो हल्ला मात्रै हो । केही समय मौनता भयो भने मनोरञ्जनका लागि न्युजहरू आउने गर्छ । सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्नुपर्ने होला विदेशमा बसेर हुँदैन । न्युज हेरेर हामी आफै छक्क पर्यौ ।’
उनले बैंककबाटै सभापति देउवा र प्रधानमन्त्री ओलीबीच हिजो टेलिफोनमा कुराकानी भएको जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अव्यवस्थित शहरीकरण विश्वमै समस्या ल्यायो : परराष्ट्र मन्त्री डा. राणा
जेनेभा प्रस्थान गर्दै परराष्ट्रमन्त्री राणा
‘ओडिसाको समस्या कूटनीतिक माध्यमबाट समाधान भयो’ : डा. आरजु राणा
यी हुन् प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका १२ बुँदे ब्रिफिङ
नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर स्वदेश फर्कँदै मन्त्री राणा
परराष्ट्रमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता